पाल्पा ।
रोटरी क्लब अफ पाल्पा तान्सेन, तान्सेन नगर पालिकाको संयुक्त आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा पाल्पाको तान्सेनमा निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।विशेषगरी मुटु, मृगौला तथा दमका विरामीहरुलाई लक्षित गरि शिवीर संचालन गरिएको थियो ।
शिवीरको उद्घाटन गर्दै पुर्व उद्योगमन्त्री एवं प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेले जिल्ला बाहिरका विरामीहरुलाई लक्षित गरि विशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिवीर आयोजना गरिएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।उहाले नागरिकहरुलाई आधारभुत स्वास्थ्य सेवा पु¥याउने दायित्व राज्यको भएपनि समुदाय स्तरबाट संचालन गरिएको अस्पतालले राज्यको दायित्व समेत पुरा गरेको बताउनुभयो ।जिल्ला समन्वय समिति पाल्पाका सभापती दयाराज बस्यालले मुटु अस्पतालले पाल्पामा संचालन गर्ने डायलाइसिस सेन्टरलाई आवश्यक स्थान चाडैनै उपलब्ध गराउने आश्वासन दिनु भयो
कार्यक्रममा अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालमा आएका विरामीहरुको उपचार गर्ने मात्र नभई गाउंगाउंमा गई स्वास्थ्य शिवीर मार्फत रोगको रोगथाम गर्ने उद्देश्य सहित अस्पतालको स्थापनाकालदेखि नै निःशुल्क स्वास्थ्य शिवीर संचालन गर्दै आएको बताउनुभयो । मृगौलाका बिरामीहरुलाई लक्ष्ति गरी पाल्पामा १० वटा डायलाइसिस मेसिन जडान गरि सेवा प्रदान गर्ने लक्ष्य रहेकोमा स्थान प्राप्तीमा ढिलाई हुदा सेवा संचालन गर्न न सकिएको जानकारी गराउनु भयो । अध्यक्ष आलमले स्थानीय निकायले स्थान उपलब्ध गराएको केही समयमै सेवा संचालन गर्ने तयारी रहेको हुदा बिरामीका समस्या बुझिदिन आग्रह गर्नु भयो ।
अस्पतालका निर्देशक डा। समिर गौतमले दैनिक खानपान, आनिवानी र व्यवहारमा ध्यान दिन सके मुटु, मृगौला जस्ता रोगहरु लाग्नबाट जोगिन सकिने बताउनुभयो ।
रोटरी क्लब अफ पाल्पाका अध्यक्ष जगन्नाथ अर्यालको अध्यक्षता तान्सेन नगर पालिकाका उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत शिव देवकोटाको संचालनमा सम्पन्न शिवीरमा ७ सय ४ जना विरामीले निशुल्क रुपमा स्वास्थ्य परिक्षँण गरेका थिए ।
जसमध्ये ७ सय ४ जनाकै सुगर परिक्षण गरिएको थियो भने ४ सय ८ जनाको ईसिजी गरिएको थियो । त्यस्तै २ सय ४० जनाको ईको, १ सय ३९ जनाको ल्याब तथा २१ जनाको पिएफटि परिक्षण गरिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत कमल भण्डारीले जानकारी दिनुभयो।