बुटवल ।
आज सोमवार बिहान बुटवलमा प्रतिनिधि सभा सदस्य तथा नेकपाका महासचिव बिष्णु प्रसाद पौडेललाई भ्रष्टाचरी भन्दै पर्चा छरिएको छ ।
नेपाली काग्रसका स्थानीय नेताहरुले नेकपाका महासचिव बिष्णु पौडेललाई भ्रष्टाचरी भन्दै बुटवलमा आज पर्चा छरेका हुन ।
आज बिहान बुटवलमण्डपमा अन्तरराष्टिय प्रदर्शनी केन्द्र शिलान्यसाका लागि कार्यक्रममा आउदै गर्नु भएका नेकपा महासचिव पौडेललाई नेपाली काग्रेस बुटवलका सभापति खेलराज पाण्डे, नेपाल तरुण दलका पूर्व केन्द्रिय सचिव चिरञ्जिवी जोशी, काग्रेसको प्रशिक्षण बिभागका सदस्य मदन कट्टेल लगायतले पर्चा छरेका थिए ।
काग्रेस बुटवल सभापति पाण्डेले आफनो नेतृत्वमा ३ सय पर्चा बुटवलमण्डपमा आज बिहान छरेको बताए ।