अनिल खत्री
१३ जेठ गुल्मी ।
जिल्ला कारागार गुल्मीमा कैदी बन्दीलाई हाउस वयरिङ्ग तालिमसुरु गरिएको छ । जिल्ला कारागारमा रहेका पुरुष बन्दीहरुको लागि एक महिने हाउस वयरिङ्ग तालिम र महिला बन्दीको लागि सुइटर बुनाई तालिम सुरु गरेको हो ।
सोमबार योग तालिमको समापन गरिएको छ भने कारागारमै १ महिने हाउस वयरिङ्ग तालिम र महिला बन्दीको लागि सुइटर बुनाई तालिम सुरु तालिम सुरु भएको छ । योग शिबिरको लागि खाजा खर्च र प्रशिक्षक खर्च प्रदेश नम्बर ५ अन्तरिक मालिमा तथा कानुन मन्त्रालयबाट सहयोग भएको थियो ।
जिल्ला प्रशासन गुल्मीको पहलमा प्रदेश नम्बर ५ सरकारको २ लाख ५० हजार आर्थिक सहयोगमा २६ जना पुरुष बन्दीहरुको लागि हाउस वयरिङ्ग र महिला बन्दी ४ जनाको लागि सुइटर बुनाई तालिम राखिएको जिल्ला कारागार गुल्मीका प्रमुख अर्जुन थापाले जानकारी दिनुभयो ।
कैदीबन्दीले समाजमा जाँदा सकरात्मक सोचको विकास गर्न मनोविज्ञान सम्वन्धि एक हप्ते योग शिबिर तालिम राखिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललले बताउनु भयो ।
एक महिने हाउस वयरिङ्ग तालिमको सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सुभारम्भ गर्नुभयो । बन्दी जिवन बिताउनेहरुलाई सिप मुलक तालिम दिएर समाजमा फर्किएपछि दक्ष ब्यक्ति बनाउने उदेश्यले कारागारमा रहेका तालिमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपक बस्नेतले सिप र दक्ष ब्यक्ति कहिल्यै पछी पर्नु पर्ने अबस्था नआउने भएकाले लगनशिलता भएर सिप आर्जन गर्न आग्रह थियो । उहाँले राम्रोसँग सिप आर्जन गरे बन्दीहरुलाई सुरक्षा घेराबाटै बाहिर काम गर्ने व्यवस्था मिलाउन सकिने बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, योग शिबिरका प्रशिक्षक, हाउस वयरिङ्गका प्रशिक्षक लगायतको सहभागिता रहेको थियो । जिल्ला कारागारका प्रमुख अजुर्न थापाका अनुसार कारागार गुल्मीमा एउटी आश्रीत बालिका सहित ७० जना कैदीबन्दी रहेका छन् । २५ जनाको क्षमता भएपनि तेब्बर भन्दा वढी कैदी बन्दी बस्दै आएका छन् ।