“सुर्तीजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य” भन्ने नाराका साथ विश्वभर धूमपानरहित दिवस मनाइँदै छ।
हरेक वर्ष ३१ तारिखमा यो दिवस मनाइन्छ। धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनका कारण मानव स्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्न र सबै किसिमका सुर्तीजन्य पदार्थको सेवन तथा बेचबिखनलाई निरुत्साहन गर्न दिवस मनाइन्छ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा र सदस्य राष्ट्रहरूको संलग्नतामा सन् १९८७ देखि यो दिवस मनाउन थालिएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्ती र सुर्तीजन्य पदार्थ सेवनकै कारण हाल विश्वमा बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको छ।
सन् २०३० सम्म ८० लाख पुग्ने संगठनले जनाएको छ। संसारभर हरेक दिन १५ अरब चुरोट किनबेच हुन्छ भने हरेक मिनेट एक करोड खिल्ली चुरोट बिक्री हुन्छ। विश्वमा हरेक आठ सेकेण्डमा एक जनाको मृत्यु सुर्ती सेवनकै कारणले हुन्छ।
यस्तै हरेक १० जनामध्ये एक वयस्कको मृत्यु चुरोट सेवनले हुन्छ। सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्ये एकजनाको मृत्यु गराउने विश्वव्यापी अनुमान छ। नेपालमा बर्सेनि २७ हजार भन्दा बढीको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारण हुने गरेको तथ्याक छ।
पछिल्लो समय नसर्ने रोगहरूको जोखिम बढ्दै जानुको प्रमुख कारण कारण धूमपान पनि रहेको चिकित्सकहरू बताउँछन्। चुरोट तथा सुर्तीजन्य पदार्थमा हुने निकोटिनु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छ। यसले मस्तिष्क र मुटुका लागि समेत असर गर्छ। त्यसैले मुटुलाई स्वस्थ राख्न धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट टाढै रहनु पर्ने चिकित्सकहरू बताउँछन्।
धुवाँको रूपमा नेपालमा १८ प्रतिशतले सुर्ती खाने गरेको र काँचो सुर्ती खानेहरु १७ प्रतिशत छन् । त्यस्तै, १३ देखि १५ वर्षका युवाले २०।२४ प्रतिशत सेवन गर्ने गर्दछन। डेन्टल विद्यार्थीले ३३ प्रतिशत र नर्सिङ विद्यार्थी १।२ प्रतिशत त्यस्तै, शिक्षक तथा विद्यालयका २१।५ प्रतिशत कर्मचारीहरुले पनि सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांक छ।
सुर्तीजन्य पदार्थ सेवन गरेको कारणबाट लाग्ने रोगहरू क्यान्सर, मुटु रोग, मधुमेह, दीर्घ श्वासप्रश्वास रोगहरुको उपचारको लागि ४७ अर्ब ३० करोड खर्च भइरहेको बताइन्छ। त्यसमध्ये चार अर्ब ७० करोड नेपाल सरकारले खर्च व्यहोर्छ, बाँकी ४२ अर्ब ६० करोड नेपाली जनताले आफ्नो गोजीबाट खर्च गर्ने बताइन्छ।