छत्रकोट गाउँपालिका गुल्मीमा आधारभुत र माध्यमिक तहको गाउँपालिका स्तरिय अतिरिक्त प्रतियोगितात्मक कार्यक्रम आज सम्पन्न भएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अतिरिक्त प्रतियोगितात्मक कार्यक्रम अन्तरगत आधारभुत तहको गाउँपालिका स्तरिर्य बिध्यालयको गुणस्तर अभिबृद्घिमा बिध्यार्थीको भुमिका‘ बिषयक निबन्ध लेखन प्रतियोगिता र माध्यमिक तहको गाउँपालिका स्तरिर्य लोकतान्त्रीक गणतन्त्रका अवसर र चुनौती बिषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको हो ।
सोहि समारोहमा बिध्यालय उमेरका सबै बालबालिकाहरु बिध्यालयहरुमा भर्ना भएको घोषणा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले बिध्यालयहरुमा सिकाई उपलब्धि बढेको बताउदै गाउँपालिका स्तरिय अतिरिक्त प्रतियोगितात्मक कार्यक्रमले बिध्यार्थीको चौतर्फि बिकास हुने बताउनु भयो । नयाँ शैक्षिक सत्रमा सिकाई उपलब्धि बढ्ने बिश्वास ब्यक्त गर्नु भयो ।
शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवालीले बिध्यालय उमेरका सबै बालबालिकाहरु बिध्यालयहरुमा भर्ना भएको जानकारि गराउदै अतिरिक्त प्रतियोगितात्मक कार्यक्रम आगामी दिनमा अझै परिमार्जित गरि प्रभाबकारि बनाउदै लैजाने प्रतिबद्घता जनाउनु भयो ।
आधारभुत तहको गाउँपालिका स्तरिर्य बिध्यालयको गुणस्तर अभिबृद्घिमा बिध्यार्थीको भुमिका‘ बिषयक निबन्ध लेखन प्रतियोगितामा श्रृङ्गा जनता माध्यमिक बिध्यालयकी स्मृती कडेल प्रथम, मैनडाडा माध्यमिक बिध्यालयकी कामना पौड्याल द्घितिय, आदर्श निम्न माध्यमिक बिध्यालयका अबिरल भण्डारी त्रृतिय र नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयकी रेखा दर्लामी सान्त्वना भएका छन ।
माध्यमिक तहको गाउँपालिका स्तरिर्य लोकतान्त्रीक गणतन्त्रका अवसर र चुनौती बिषयक वक्तित्वकला प्रतियोगितामा आदर्श माध्यमिक बिध्यालयका बिशाल न्यौपाने प्रथम, अत्मबोध माध्यमिक बिध्यालयकी सदिक्षा पाण्डेय द्घितिय, आदर्श माध्यमिक बिध्यालयकी जनम न्यौपाने त्रृतिय र जनज्योती माध्यमिक बिध्यालयका मनिष सुबेदी सान्त्वना भएका छन । सरस्वती माध्यमिक बिध्यालयको प्रङ्गणमा सम्पन्न कार्यक्रम शिक्षक डिल बहादुर थापाले संचालन गर्नु भएको थियो ।