प्रेम सुनार
बुटवल, जेठ– गुल्मीमा विधानतः भारतिय भुपु सैनिकहरु संगठित भएका छन । हाल सम्म तदर्थ समितिका रुपमा संगठित भएका जिल्लावासी भारतिय पुर्व सैनिकहरु शनिवार सदरमुकाम तम्घासमा प्रथम अधिवेशन गरि संगठित भएका हुन । प्रथम अधिवेशनले तदर्थ समिति संयोजक बलेटक्सारका पुर्व सैनिक तोयनारायण ज्ञवालीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
सह–अध्यक्षमा झिरबासका सन्तबहादुर खड्का निर्वाचित भएका छन । उपाध्यक्षद्धयमा शान्तिपुरका रामबहादुर खत्री र सिमिचौरका देवबहादुर बस्नेत निर्वाचित भएका छन । सचिव पदमा तम्घास बाख्रेछेडाका पुर्णबहादुर गुरुङ्ग निर्वाचित भएका छन ।
कोषाध्यक्षमा तम्घास खानीगाउँका सुवेदार यज्ञमुर्ती थापा , सह–कोषाध्यक्षमा चारपालाका सुवेदार गोविन्दबहादुर थापा र सह–सचिवमा तम्घस खानीगाउँका सञ्जय पहराई निर्वाचित भएका छन ।
त्यस्तै जिल्ला सदस्यहरुमा मुसिकोट ३ का जनप्रतिनिधी रहेका सुवेदार मेजर शंकर रायमाझी, पेगाका सुवेदार लक्ष्मण घर्ति र मुसिकोट नगरपालिका ६ का वडाध्यक्ष खड्कबहादुर खड्का सहित २० सदस्यीय जिल्ला कार्य समिति गठन भएको नवनिर्वाचित सचिव पुर्णबहादुर गुरुङ्गले जानकारी दिए ।
उनका अनुसार गुल्मी जिल्लाभर करिव ६ हजार जना भारतिय सेनाका पुर्व सैनिकहरु छन । मासिक करिव ५ करोड पेन्सन रकम गुल्मी भित्रिने वित्तिय क्षेत्रका मानिसहरुको आंकलन रहेको छ । नवनिर्वाचित अध्यक्ष तोयनारायण ज्ञवालीले बेग्लै ईतिहास रच्न सफल भएका छन । उनले पल्टनबाटै क्याम्पस पढेर डिग्री हासिल गरि अवकास भएपछि गाउँ फर्केर विद्यालयमा बढाउँदै र अहिले क्याम्पस समेत पढाउने गरेका छन । उनि गुल्मी उद्योग वाणिज्य संग बलेटक्सार शाखाका अध्यक्षा समेत हुन । उनि विध्वन वर्गमा गनिन्छन ।
सिपाही देखि रक्षामन्त्री सम्म
गुल्मीमा भारतिय सेनाबाट अवकास आई जिल्ला कै पहिलो बडाहाकिम देखि रक्षामन्त्री सम्मको ईतिहास रच्ने भार्सेका गिरिप्रसाद बुढाथोकी हुन । भारतिय सेनाबाट जागिर छाडेर साविक जिल्ला विकास समितिको सभापति हुने ईतिहास पौदीअमराईका रविलाल थापाले रचेका थिए ।
पुर्व प्रधानपञ्चको ईतिहास साविक बडागाउँका चिनाबहादुर सिंह ठकुरी देखि सयौले ईतिहास रचेका छन । अहिल्े अधिकांस वडामा वडाध्यक्षहरु प्नि थुप्रै पुर्व भारतिय सैनिकहरु रहेका छन । उनिहरु जुन दलमा रहे पनि अनुशासित र ईमान्दारीताको राजनीति गर्न रुचाउँ छन ।