जेठ , राजकुट बाग्लुङ्ग
बाग्लुङ्ग निसीखोला गाउॅपालिका वडा नं ७ राजकुट स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको सार्वजनिकीकरण आम भेला सम्पन्न भएको छ ।
पहिलो चरणमा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति सॅग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सॅगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सॅगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो ।
अभियानको क्रममा राजकुटका विभिन्न स्थानमा तथ्याङ्क संकलन, स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा, त्यहॉको सुसासन, पार्दर्शिता र जवाफदेहितालाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ । आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा भेलामा उपस्थित त्यस वडाका समुदायले स्वास्थ्य चौकीबाट पाउने सेवा सुविधा प्रति आफुहरु सन्तुष्ट रहेको बताएका थिए ।
गर्भवती महिलाको हकमा पनि पुर्ण रुपमा सेवा प्रवाह हुॅदै आएको, विगतका वर्षमा भन्दा पर्याप्त औषधी प्राप्त गरेको, स्वास्थ्यकर्मीहरुको व्यवहार राम्रो रहेको, कार्यालय समयमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी रहने गरेको र अब स्थानियमा जनचेतना फैलाउने चेतनामुलक स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिदिन समेत आग्रह गरेका छन । त्यस्तै कुॅडुला र चोलाङ टाढाको दुरी र भौगोलिक विकटता रहेकोले त्यहॉको समुदायले सामुदायिक स्वास्थ्य ईकाईको माग समेत गरेका छन ।
आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको निसीखोला गाउॅपालिका स्वास्थ्य शाखा प्रतिनिधी मुक्तिनाथ लोहनी, राजकुट स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र विक्रम कुॅवर र राजकुट स्वास्थ्य चौकी प्रमुख सुनौला बुढा मगरले प्रतिवद्वता सहित स्पष्ट पार्नु भएको थियो ।
सामाजिक परिक्षण कार्यको आम भेलामा राजकुट स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा पञ्चासे देउराली युवा कल्व राजकुटका अध्यक्ष रेशम पुनले शुभकामना मन्तव्य राख्नुभएको थियो । आम भेला निसीखोला गाउॅपालिका वडा नं ७ का वडा अध्यक्ष एवं राजकुट स्वास्थ्य चौकीका अध्यक्ष तेजेन्द्र विक्रम कुॅवरको अध्यक्षता, सदस्य राजेन्द्र श्रेष्ठको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।