जेष्ठ २१ – प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगरगत अझैपनि एक सय १० स्थानीय तहमा रोजगार संयोजक रिक्त रहेको पाइएको छ ।
दुवै चरणमा लिइएको परिक्षामा क्रममा २६ वटा स्थानीय तह रिक्त रहेपनि ८४ स्थानीय तहमा खटाइएका रोजगार संयोजकले राजीनामा दिएपछि एक सय १० स्थानीय तह रिक्त रहेका पाइएको हो ।
रिक्त रहेका एक सय १० स्थानीय तहमध्ये हिजोमात्र ४० स्थानीय तहका लागि छनोट भएका वैकल्पीक रोजगार संयोजक पठाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखा प्रमुख प्रकाश दाहालले बताउनुभयो ।
सातवटै प्रदेशका सात सय ५३ स्थानीय तहका लागि सरकारले दुइ पटक परिक्षा लिएर रोजगार संयोजक नियुक्त गरेको थियो ।