गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका ६ को कुर्घामा सोलार वितरण गरिएको छ । ४६ औ विश्व वातावरण दिवसको अवसरमा होमस्टे प्रर्वद्धन गर्ने उद्धेश्यले मुसिकोट नगरपालिका र डिभिजन वन कार्यालय गुल्मीको आर्थिक सहयोगमा सोलार वितरण गरिएको हो ।
कार्यक्रमको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण बिष्ट र मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले सोलार बालेर उद्घाटन गर्नुभएको थियो ।
कुर्घाका ३१ घर परिवार सोलार पाएपछि खुसी भएका छन् । मुसिकोट नगरपालिकाले १० घर र डिभिजन बन कार्यालयले २१ घरमा सोलार सेट प्रदान गरेका हुन् ।
सोलार वितरण गरिएपछि होमस्टे संचालन समिति सचिव जित बहादुर गुरुङ्गले बत्ति गएको बेला टुकी खोज्नुपर्ने अवस्था हराएको बताउनुभयो । पटक–पटक लाइन जाँदा स्थानीयसंगै पर्यटकलाई समेत समस्या हुने गरेको बताउँदै गुरुङ्गले त्यो समस्या समाधान भएकोमा खुसी व्यक्त गर्नुभयो ।
त्यस्तै कुर्घाको स्वाँरामा होमस्टे संचालन गरेका महिला समुहलाई ६ थान फोहोर संकलन गर्ने डस्टविन पनि प्रदान गरिएको छ । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन ढुगांनाका अनुसार महिला समुहलाई ६ थान फोहोर संकलन गर्ने डस्टविन पनि प्रदान गरिएको हो ।
वातावरण दिवसकै अवसरमा स्वाँरा सामुदायिक भवन परिसरमा धुपी र तेजपत्ता ९सुनकौली० का बिरुवा रोपिएको छ । जिल्ला समन्व्य समिति प्रमुख पराजुली र मुसिकोट नगरपालिकाका मेयर सापकोटाले बिरुवा रोप्नुभएको हो ।
मेयर सोमनाथ सापकोटाले वन र वातारण जोगिए मात्रै मावन अस्थित्व सम्भव भएकाले एक दिन विरुवा रोपेर मात्रै नपुग्ने बताउनुभयो ।
जिल्ला समन्व्य समिति प्रमुख लक्ष्मण पराजुलीले अहिले विकासको नाममा विनाश भइरहेकाले सवै पक्ष समयमै गम्भिर बन्नुपर्नेमा जोड दिनुभएको थियो ।