टोपलाल अर्याल
गुल्मी, २३ जेठ
गुल्मीको सत्यवति गाउँपालिका २ ठुलो लुम्पेक र वडा नं १ को अस्लेवाका किसान बाँदर आतंकबाट पीडित भएका छन् । खेतबारीमा लगाएको मकै तथा अन्य अन्तपात नष्ट गरेपछि किसानहरु समस्यामा परेको लक्ष्मीपुर माविका शिक्षक शेर बहादुर कुवंरले बताए । बाँदरले खेत बारीमा लगाएको मकै, आलु, गहुँ तथा घरमै गएर पनि अन्नपात खाने गरेको छ ।
भर्खरै १५ रोपनीको मकै नष्ट
बाँदरले सत्यवति २ ठुलोलुम्पेकका ढुसेनी, पाँदी, चेहेमी, ढाव, गुलम्दी, तथा वडा नं १ अस्लेवाको रामबारी र चौर लगायतका स्थानमा १५ रोपनी खेतबारीको मकै नष्ट गरेको धनपति कुवंरले बताए । बाँदरले बैशाखमा मकै रोप्दा खोर्सेर खाने, अल्ली ठुलो भए गुवो खाने, फल लागेसी भाँचेर खाने तथा घरमै स्याहारेको अन्नपात समेत खाने गरेको छ ।
मंगलबार मात्रै स्थानीय धनपति कुवंर, हेमन्त कुवंर, देविराम कुवंर, फटिक कुवंर, हितलाल कुवंर र चिन्तालाल कुवंर लगायतका कृषकको खेतबारीमा लगाएको सवै मकै बाँदरले नष्ट गरेको छ ।
महिला र बालबालिकालाई आक्रमण
बाँदरले किसानको अन्नपात मात्रै नभएर महिला तथा बालबालिकालाई आक्रमण समेत गर्ने गरेको छ । पहिले बाँदरको संख्या कम भएपनि अहिले एक हुलमा दुईदेखि तीन सय हुने गरेको हितलाल कुवंरले बताए । उनले कम संख्यामा हुँदा धपाउँदा भाग्ने भएपनि धेरैले मान्छेलाईनै आक्रमण गर्ने गरेको उनले बताए । खेतबारीमा जाँदा वा बालबालिका बिद्यालय र घाँस दाउरा गएको बेला समेत आक्रमण गर्ने गरेको कुवंरले बताए ।
व्यावस्थापन गर्न स्थानीय सरकारसंग माग
बाँदरले पटक–पटक सताउन थालेपनि स्थानीय किसानहरुले गाउँपालिका र वडा कार्यालयसंग व्यावस्थापनको लागि माग गरेका छन् । आफुहरुले स्थानीय, प्रदेश र केन्द्रिय चुुनावमा ससमेत भोट माग्नेसंग बाँदर व्यावस्थापनको माग गरेको स्थानीय पिताम्बर कुवंरले बताए । तर समस्या समाधानको लागि कुनै पहल भएको छैन् । उनले अहिले मौखिक जानकारी गराएकाले स्थानीय तह सकरात्मक नभए गाउँपालिका घेराउ गर्ने अवस्था आएको बताए ।
स्थायी व्यावस्थापन खोजिरहेका छौ ः गापा प्रमुख
सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले बाँदरबाट स्थानीय किसान धेरै पीडित भएकाले स्थायी व्यावस्थापनको बिपल्प नभएको बताए ।