अर्घाखाँची – श्रीमानको कुटपिटबाट अर्घाखाँचीमा एक महिलाको ज्यान गएको छ । अर्घाखाँचीको सितगंगा–१ सुवर्णखालमा श्रीमानको कुटपिटबाट ३४ वर्षीया बसन्ता खत्रीको ज्यान गएको हो । सितगंगा–१ मन्द्रे घर्तीसारा निवासी ३४ वर्षीया खत्री रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थाहा पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
मृतकका श्रीमान खत्रीले आफुले कुटपिट गरेर मृत्यु भएपछि घाँटीमा पासो लगाईदिएको स्विकार गरेका छन् । अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छन् ।