कृष्ण परियार
जेठ २५,अर्घाखाँची ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव निरिक्षक राजिब श्रेष्ठ जिल्लामा आएपछि ट्राफिक ब्यबस्थापन तथा ट्राफिक नियममा कडाई गरेका छन् अर्घाखाँचीमा जिल्लामा आए संगै श्रेष्ठले ट्राफिक ब्यबस्थापन मा निकै चासो दिएका छन ।
अर्घाखाँचीको सितगङ्गा नगरपालिकामा रहेको अस्थाइ ट्राफिक प्रहरी पोस्ट ठाडाले अहिले ट्राफिक नियममा कडाई गर्दै चेक जाच लाई निकै ध्यान दिएको छ । २०७६ बैशाख १ गते देखि जेठ २४ गते सम्म ट्राफिक नियम उल्लङ्घघन गर्ने विभिन्न सिवारी साधनहरु कार्वाहीमा परेका छ्न । कार्वाही बाट तीन लाख दस हजार राजस्व संकलन गरेको प्रहरी बताएको छ । कार्वाहीमा पर्ने सवारी साधनहरुमा ट्रक टिपर १०३ ,बस हाइस ८१,कार तथा जिप १४९, बाइक १०३ ,ट्याक्टर २८,गरि जम्मा ४ सय ६४ सवारी साधनहरु कार्वाहीमा परेका छन् ।
ट्राफिक नियम उल्लंघन गरि सवारी चलाउने चालक , गाडीधनी तथा सह चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी संगै बाटोमै प्रशिक्षण दिने गरेको छ । प्रहरीले बाटोको छेउ छाउमा रहेका विभिन्न ट्राफिक संकेतहरुलाई मर्मत समेत गरेको बताइएको छ ।
छोटो समयमा नै प्रहरीले ट्राफिक नियमहरुको पालना गराई दुर्घटना न्युनिकरणमा समेत सहयोग पुर्याएको छ । ट्राफिक प्रहरीहरुले मात्र चेकजाँच गर्दा मात्रै नियमहरु पालना नगरी हरेक समयमा ट्राफिक नियमहरुको पालना सवैले गर्न सकेमा दुर्घटना न्युनिकरण समेत हुने थियो । ट्राफिक प्रहरीले पनि कुनै लोभ लालचमा नफसी आफ्नो जिम्मेवारी राम्रो संग बहन गर्नसके सवैको भलो हुने थियो । अहिले प्रहरी जवान ट्राफिक प्रकाश पोख्रेल पदम भन्डारी गए पछि चेक जाँच लाई निकै तीब्रता दिएका छ्न ।