मनोज कार्की
जेठ २९ गुल्मी
गुल्मीको मालिका गाउँपालिकामा प्रथम मदाने संरक्षण तथा सास्कृतिक महोत्सव यहि जेठ ३१ गते हुने भएको छ । नेपाल पक्षि संरक्षण संघ मालिका गाउँपालिका गुल्मीको आर्थिक सहयोग र बिनोद स्मृति युवा क्लवको आयोजनमा महोत्सव हुन लागेको बिनोद स्मृति युवा क्लव ह्वाङदीले जानाकारि दिएको छ ।
वन पंक्षि तथा जैबिक बिबिधता संरक्षका लागि हातेमालो गर्दै रमाऔ भन्ने नाराका साथ भब्य रुपमा एकदिने महोत्सव गर्ने लागिएको बिनोद स्मृति युवा क्लवका अध्यक्ष दिल बहादुर घर्ति मगरले बताउनुभयो ।
महोत्सवमा पक्षि र जैविक विविधता सम्बन्धि जानाकारि ,परम्परागत संस्कृतिक झल्कने सोरठी नाच , भजन कृतन ,स्थानिय उत्पादनको प्रर्दशनि ,नौमति बाजाको बेजोर प्रस्तुति , संरक्षण सम्बन्धि नाटक तथा विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिने क्लवका अध्यक्ष घर्तिमगरले जानाकारि दिनुभयो ।
यो प्रथम मदाने संरक्षण तथा सास्कृतिक महोत्सवमा कला ,सस्कृतिक, भेषभुसा संरक्षण तथा स्थानिय कलाकारलाई प्रोत्साहन गर्दै यो महोत्सव गरिने अगामि बर्ष यसलाई अझ आकर्षक बनाउने तयारिमा लागेको गाउँपालिका प्रमुख रित बहादुर थापाले बताउनुभयो ।
महोत्सव यहि जेठ ३१ गते हुने भएको छ ।
मदाने संरक्षित बनबाट अर्खाबाङ मर्भुङ, घमिर ,छापहिले , नेटा दलिङग ह्वाङदी लगाएतका प्रभाबित वडाका जनतालाई आयआर्जनमा सहयोग गर्ने कला सस्कृतिक भेषभुसा संरक्षण गर्ने गाउँपालिका भित्ररहेका पक्षिको बारेमा रेर्कड राख्नको लागि महोत्सव गने लागिएको गाउँपालिका प्रबक्ता शोभाखर गिरिले बताउनुभयो ।
यहि जेठ ३१ गते हुन लागेको बृहत महोत्सव मालिका गाउँपालिका वडा नं ४ अर्खाबाङ ठुलिचौरमा हुनेछ ।
यो प्रथम मदाने संरक्षण तथा सास्कृतिक महोत्सवमा कला ,सस्कृतिक, भेषभुसा संरक्षण तथा स्थानिय कलाकारलाई प्रोत्साहन गर्दै यो महोत्सव गरिने अगामि बर्ष यसलाई अझ आकर्षक बनाउने तयारिमा लागेको गाउँपालिका प्रमुख रित बहादुर थापाले बताउनुभयो ।
महोत्सव यहि जेठ ३१ गते हुने भएको छ ।