गुल्मी , जेठ–२९ –
गुल्मीदरवार गाउँपालिका अध्यक्ष अशोककुमार थापाले उद्यमी महिलाहरुलाई विना धितो ऋण दिएर आत्मानिर्भर बनाउने प्रतिबद्धता जनाएका छन । बुधवार सो गाउँपालिका वडा नम्वर–७ चारपालामा महिला सिपमुलक सावुन–सरप तालिमको समापन समारोहलाई सम्वोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन ।
गाउँपालिका महिलाहरुलाई सिपमुलक तालिम मात्रै दिलाउँदैन उनले भने तालिमका नाममा तालिम नभएर प्रभावकारी बनाउन विना धितो ऋण दिएर उद्यमशिल र आत्मानिर्भ बनाउन चाहन्छ तपाईहरु समुह गठन गरेर आउनुहोस ।’
१० दिन सम्म सञ्चालन भएको तालिमा ५० जना महिला सहभागि छन । त्यस वडाकाी वडा सदस्य तुल्सीदेवि अर्यालका अनुसार त्यस वडामा यस अघि चुरापोते बनाउने र डल कुशन बनाउने तालिम लिएर दजनौ महिला आत्मानिर्भर उन्मुख हुन थालेका छन ।
तालिमकी प्रशिक्षक शोभा चौधरी, कमला गुरुङ्ग र संगिता वराललाई गाउँपालिकाका प्रमुख थापा र प्रमुख प्रशासकिय अधिकृत लेखबहादुर बस्नेतले सम्मान गरेका थिए । वडाध्यक्ष टोपबहादुर बस्नेत वडा सदस्य शालिकराम टण्डन, लक्ष्मी सुनार लगायतले तालिमका सहभागिलाई प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा चारपालाका समाज सेवी अशोक श्रेष्ठ , ठुलापोखरा आधारभुत विद्यालयका प्रधानध्यापक रामबहादुर खत्री, ठुलोपोखरा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष शर्मिला थापा, महिला तथा बालबालिका संयोजक पार्वता पन्थी लगायतले मन्तब्य राखेका थिए । उपभोक्ता समितिकी अध्यक्ष लक्ष्मी टण्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गंगा अर्यालयको स्वागत मन्तब्य र सञ्चलन विष्णु खत्रीले गरेकी थिईन ।
१० दिन सम्म सञ्चालन भएको तालिमा ५० जना महिला सहभागि छन । त्यस वडाकाी वडा सदस्य तुल्सीदेवि अर्यालका अनुसार त्यस वडामा यस अघि चुरापोते बनाउने र डल कुशन बनाउने तालिम लिएर दजनौ महिला आत्मानिर्भर उन्मुख हुन थालेका छन ।
तालिमकी प्रशिक्षक शोभा चौधरी, कमला गुरुङ्ग र संगिता वराललाई गाउँपालिकाका प्रमुख थापा र प्रमुख प्रशासकिय अधिकृत लेखबहादुर बस्नेतले सम्मान गरेका थिए ।