काठमाडौं ,जेठ ३१,
पूर्वसांसद् पौडेलको निधन भएपछि प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । प्रतिनिधिसभाले पूर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
पूर्व सांसद् एवं नेकपा नेता धनीराम पौडेलको शुक्रबार बिहान निधन भएपछि आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।
पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलको बिहान हृदयघातका कारण चितनवस्थित आफ्नै निवासमा ५३ वर्षको उमेरमा निधन भएको थियो ।
संसदको अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।