कालिदास आत्रेय
जेष्ठ ३१, गुल्मी
शिक्षा युवा तथा खेलकुद शाखा छत्रकोट गाउपालीका गुल्मीको आयोजनामा शिक्षक अभिभावक सघं,बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र प्रधानाध्यापकहरुको एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
आत्मबोध माध्यमिक बिद्यालय छत्रकोट ५ मानकोट गुल्मीमा सम्पन्न कार्यक्रममा छत्रकोट गाउपालीका वडा नम्बर ३,५ र ६ का १७ बिद्यालयका ४८ जनाको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा सम्पुर्ण बिद्यालयका भौतिक शैक्षिक र व्यवस्थापकिय पक्षको बिद्यमान अवस्था र सुधारको बारेमा छलफल गरिएको थियो ।
आत्मबोध माध्यमिक बिद्यालयका शिक्षक अभिभावक सघंका अध्यक्ष तुल्सीराम पन्तको अध्यक्षतामा सम्पन्न कार्याक्रमका प्रमुख अतिथि छत्रकोट गाउ शिक्षा समिति संयोजक एवम् गाउपालीका अध्यक्ष मधुकृष्ण पन्त रहनुभएको थियो । शिक्षा युवा तथा खेलकुद शाखा छत्रकोटका शाखा प्रमुख बिष्णु प्रसाद ज्ञवालीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
समापन कार्यक्रममा प्रधानाध्यापकको तर्फबाट अमृता थापा,बिद्यालय व्यवस्थापन समिति अध्यक्षको तर्फबाट लोक बहादुर ज्ञवाली र शाखा प्रमुख बिश्नु प्रसाद ज्ञवाली लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै ज्ञवालीले शिक्षाको गुणस्तर अभिबृद्धिको लागि शिक्षकलाई उत्प्रेरित गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
यस्तै प्रमुख अतिथि मधुकृष्ण पन्तले आजका बिद्यार्थीहरुलाई स्थानिय आवश्यकता अनुसारको प्राबिधीक शिक्षा दिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रमको सन्चालन आत्मबोध माविका प्र अ बिश्नु प्रसाद ज्ञवालीले गर्नुभएको थियो ।