बुटवल ।
प्रदेश ५ को प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले कृषिको मुख्य समयमा किसानले उन्नतजातको बीउ तथा गुणस्तरीय मलखाद नपाएको भन्दै प्रदेश सरकार मार्फत संघीय सरकारको ध्यानाकर्षण गराएका छन ।
प्रदेश बैठकको बिशेष समयमा बोल्ने ८ जना प्रदेश सभा सदस्यहरुले किसानलाई समयमा बीउ र मल उपलब्ध गराउन प्रदेश सरकार मार्फत संघीय सरकारको ध्यानाकर्षण गराएका हुन ।
बैठकमा कुल प्रसाद पोखरेल, कमलादेबि बिक, भुवनेश्वर चौधरी, सन्तोष कुमार पाण्डे, शुष्मा यादव, कल्पना पाण्डे, रमा अर्याल र भोज प्रसाद श्रेष्ठले,
अन्नको भण्डार प्रदेश नम्वर ५ को समृद्धिका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेर किसानलाई सहयोग गर्नुपर्ने बताउनु भयो ।
बैठकमा आन्तरीक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेशको अभिलेख संरक्षण सम्वन्धमा व्यवस्थ गर्न बनेको बिधेयक सैद्धान्तिक छलफलका लागि सभामा पेश गर्नु भएको थियो ।
प्रदेश ५ को प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरुले कृषिको मुख्य समयमा किसानले उन्नतजातको बीउ तथा गुणस्तरीय मलखाद नपाएको भन्दै प्रदेश सरकार मार्फत संघीय सरकारको ध्यानाकर्षण गराएका छन ।
प्रदेश बैठकको बिशेष समयमा बोल्ने ८ जना प्रदेश सभा सदस्यहरुले किसानलाई समयमा बीउ र मल उपलब्ध गराउन प्रदेश सरकार मार्फत संघीय सरकारको ध्यानाकर्षण गराएका हुन ।
बैठकमा कुल प्रसाद पोखरेल, कमलादेबि बिक, भुवनेश्वर चौधरी, सन्तोष कुमार पाण्डे, शुष्मा यादव, कल्पना पाण्डे, रमा अर्याल र भोज प्रसाद श्रेष्ठले अन्नको भण्डार प्रदेश नम्वर ५ को समृद्धिका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेर किसानलाई सहयोग गर्नुपर्ने बताउनु भयो ।