बुटवल
रुपन्देहीका प्रख्यात ज्योतिष गोबिन्द ज्ञवाली भारतको जयपूरमा सम्मनित हुनुभएका्े छ ।
वैदिक ज्योतिष विज्ञान, कला संस्कति जनकल्याण एवं अनुसन्धान संस्थाद्धारा भारतको जयपूरमा आयोजित वैदिक ज्योतिष मन्थन कार्यक्रममा उहालाई सम्मान गरेको हो ।
रुपन्देही जिल्ला सुद्धोधन गाउपालीका वडा नं ३ भूजौली निवासी ज्ञवाली हाल बुटवलको मिलन चोक तिनकुनेमा बस्दै आउनुभएको छ ।
ज्ञवालीसँगै चितवनका प्रेमानन्द शास्त्री पनि सम्मानित हुनुभएको छ ।
निःस्वार्थ रुपमा भावनाकासाथ जनकल्याणमा जुटेका युवा ज्योतिष ज्ञवाली नेपालको तर्फबाट केन्द्रिय प्रतिनिधीको रुपमा कार्यक्रममा सहभागीहुनुभएको थियो ।
कार्यक्रममा ज्योतिष एवं वास्तु सम्बन्धि आफ्नो मन्तव्य राख्दै उहाले नेपाल र नेपाली सधै हिन्दु सनातन धर्म रक्षाकालागि तयार रहेको बताउनुभएको थियो।
सो अवसरमा भारतका बिभिन्न प्रख्यात विद्धानहरुले सारयुक्त ज्योतिष भनाइहरु राखेका थिए ।