कपिलवस्तु,
जेठ ३२ –
अबैध रुपमा नदीजन्य पदार्थ संकलन गरीरहेका ११ गाडी सहित १० जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलबस्तुको बुद्धभुमी नगरपालिका वडा नं। १ कोन्द्रे खोलाबाट रातीमा अबैद्य रुपमा नदीजन्य पदार्थ संकलन गरीरहेका ११ गाडी सहित १० जनालाई कपिलवस्तु प्रहरीले नियन्णमा लिएको हो ।
कोन्द्रे खोलामा अवैध रुपमा स्काभेटर,जेसीबि र टिप्पर समेतले नदिजन्य पदार्थ गिट्टी बालुवा संकलन गरी रहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक देबेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले ८ वटा टिप्पर, २ वटा जेसीबि र एउटा स्काभेटर र तिनका १० जना चालकलाई नियन्त्रण लिइएको हो ।
मध्यरातमा खोलामा नदीजन्य पदार्थको उत्खनन भईरहेको छ भन्ने सुचनाका आधारमा टोली पूग्दा उत्खनन गरीरहेको पाइएपछी सबैलाई नियन्त्रणमा लिएको पाण्डेले बताउनुभयो । ११ वटा गाडी रहेकोमा एउटामा चालक नभेटिएको पनि उहाले बताउनु भयो ।
आज शनिवार भएकाले प्रहरीले नियन्त्रणमा लिएका सबै चालकलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । भोली आवश्यक कारवाहीको लागी जिल्ला समन्वय समितीको कार्यालय कपिलवस्तुमा पठाइने प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।