राधा पोख्रेल
गुल्मी जेष्ठ ३२
गुल्मीमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । चालु आर्थिक बर्षको अन्तिम समय आउन लाग्दा धेरै स्थानीय तहले यो कार्यक्रम सुरु गरिसकेका छन् भने कतिपय स्थानीय तह सञ्चालन गर्ने तयारीमा छन् ।
जिल्लाको छत्रकोट , गुल्मी दरबार ,धुर्कोट , मदाने , मालिका , इस्मा , चन्द्रकोट ,कालीगण्डकी गाउपालीका , मुसिकोट नगरपालीका र रेसुङगा नगरपालीकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिसकेका छन् ।
सत्यवति गाउपालीकाले असार १ गते अर्थात भोलिबाट रोजगारी प्रदान गर्ने भएको छ । रुरु गाउपालीका ले भने असार २ गतेबाट रोजगारी प्रदान गर्ने भएको छ ।
गुल्मीमा सबै स्थानीय तहमा गरी कुल एक हजार छ सय ८३ लाई ३० दिनसम्म रोजगार प्रदान हुने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत धुर्कोट गाउँपालिकामा एक सय ५० जनालाई रोजगारी दिइएको छ ।
इस्मा गाउँपालिकाले एक सय ३१ जनालाई रोजगार प्रदान गरेको छ । रोजगार पाएका सबैलाई सडकको क्षेत्रमा काममा लगाइएको रोजगार संयोजक बाबुराम कुँवरले जानकारी दिनुभयो ।
छत्रकोट गाउँपालिकाले एक सय ३५ जनालाई रोजगारी दिएको छ । मालिका गाउँपालिकाले पनि एक सय २६ जनालाई रोजगारी प्रदान गरेको छ ।
मदाने गाउँपालिकामा रोजगारीका लागि छनोट भएका एक सय ३४ जनामध्ये धेरैलाई नर्सरी व्यावस्थापनमा लगाइएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिकाले कुल एक सय ८५ जनालाई रोजगारी दिएको छ ।
चन्द्रकोट गाउँपालिकाले एक सय ३५ र मालिका गाउँपालिकाले एक सय २६ जनालाई रोजगारी दिएका छन् ।
कालिगण्डगी गाउँपालिकामा एक सय २२, गुल्मीदरबार गाउँपालिकामा एक सय ३५, रुरु गाउँपालिकामा एक सय २६ र सत्यवती गाउँपालिकामा एक सय ४० जनालाई रोजगाी प्रदान गरिनेछ
रोजगार पाएका सबैजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा संचालित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तरगत पहिलो चरणमा छनोट भएका श्रमिक हुन् ।
गुल्मीका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगारी सृजना गर्न झण्डै चार करोड बजेट बिनियोजन भएको छ ।
रेसुङ्गा नगरपालिकाको लागि ४१ लाख, मुसिकोट नगरपालिकाको लागि ३७ लाख र अन्य गाउँपालिकाहरुमा न्यूनतम २७ लाखदेखि अधिकतम ३१ लाखसम्म बजेट बिनियोजन भएको छ ।