मौसमविज्ञहरुका अनुसार यस वर्ष नेपालमा मनसुन केही साता ढिलो हुने भएको छ।
लामो समयसम्म पानी नपर्दा र मनसुन समयमै सुरु नहुँदा तराईमा खपिनसक्नु गर्मी बढेको छ।
यस गर्मीबाट प्रदेश ५ को तराई क्षेत्रमा पर्ने जिल्लाहरुमा तापक्रम ४३ दशमल ३ डिग्री सेल्सीयस सम्म मापन भएको छ ।
रुपन्देहीमा हिजो ५ वर्षयताकै सबैभन्दा बढी गर्मी भएको थियो
बढी तापक्रममा हुँदा दिउँसो सडकमा हिँडिसक्ने अवस्था छैन। गर्मीले जनजीवन प्रभावित बनेको छ।
तराईमा यस्तो गर्मी भए पनि नजिकैको पाल्पा, गुल्मीमा शनिबार ३० डिग्री तापक्रम थियो।
बुटवलबाट ३८ कि. मि. माथि उक्लेपछि पुगिने तानसेन बुटवलबाट ८५ कि. मि. गुल्मीमा गर्मीबाट छलिन उपयुक्त छ।
बाह्रै महिना सित्तल मौसम बढी हुन्छ।
गर्मीका कारण अस्पताल बिरामीको संख्यामा बृद्धि भएको छ ।
झाडापखाला, डाईरीया, दमका बिरामीको संख्या बृद्धी भएको लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरीडेन्ट डा। कृष्ण खनालले बताउनु भएको छ ।
उहाका अनुसार गर्मि बढे संगै निमोनीया र डाईरीया बिरामीहरु मध्ये ६ महिना देखि ५ बर्ष मुनीका बालबालिकाहरु बढी मात्रामा प्रभाबित भएको र दैनिक रुपमा आउने गरेका छन् ।
गर्मीका कारण बुटवलसहित भैरहवा कपिलवस्तु परासी लगायतका स्थानका अस्पतालको अवस्था पनि उस्तै रहेको छ । पानी नपरेपछि किसानहरु आकाश हेरेर दिन विताउन वाध्य भएका छन् ।