३ असाढ ,
बडिगाड गाउँपालिका ३ सिसाखानी स्थित कञ्चनापुर आधारभूत विद्यालय तारञ्जामा एक कार्यक्रमका बिच छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रममा वडा नम्बर ३ बाट स्थानियतहमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा वडा अध्यक्ष तथा बडिगाड गाउँपालिकाका सामाजिक तथा शिक्षा शाखाका प्रमुख खड्क पुनले शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षक दरबन्दि मिलानका साथै बिद्यालयको भौतिक पुर्बाधार निर्माणका लागि वडा बाट सक्दो सहयोग सक्दो सहयोग हुने आशवासन दिनुभएको छ ।
अध्यक्ष पुनले साविक सिसाखानी गाविस भौगोलिक रुपमा विकट भएकाले विकासका योजनाहरु अगाडि बढाउन कथिनाइ भएको भन्दै गत बर्ष र यस आर्थिक बर्षमा मोटरबाटोलाई बिशेष प्राथमिक्तामा राखि सो क्षेत्रका जनतालाई स्थानिय सरकारको आभास दिलाउने बिश्वास ब्यक्त गर्नुभएको थियो । अधिकांस दलित बस्ति रहेको सो स्थानमा ९५ जना बिद्यार्थीहरुका लागि छात्रबृत्ति बितरण गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धन प्रशाद शेरचनले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा सदस्य चुडा बहादुर पुन , शिक्षक अभिभाबक संघका अध्यक्ष सेरु बि.क बिद्यालय व्यावस्थापन समितिका सदस्य दधिराम विक, महिला दलित अगुवा फुलमाया विक लगाएतले साबिक सिसाखानी गाबिस को ७, ८, ९ सामाजिक, आर्थिक, एबं शैक्षिक गुणस्तरका हिसाबले पछिडिएको स्थान भएकाले उक्त स्थानको बिकासका लागि स्थानिय सरकारको चनाखो हुनुपर्नेमा जोड दिएका थिए ।
छात्रा, दलित तथा अन्य गरि विद्यार्थीहरु ४ सयको दरले ९५ जना विद्यार्थीहरुलाई ३८ हजार वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष धन प्रसाद शेरचनको अध्यक्षता, शिक्षक मञ्जु घर्तीको स्वागत र प्रधानाध्यापक पुनाराम गिरीको संचालनमा सम्पन्न भएको थियो । अधिकांश दलित समुदायका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा ३ दरबन्दी रहेको छ भने १ सय २३ विद्यार्थी रहेका छन् । कार्यमकै अवसरमा ९० बर्ष भित्रका ३ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।