काठमाडौं,
असार ३ –
हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप कर्णाली नदीमा खसेको छ ।
खार्पुनाथबाट गाउँपालिकाको केन्द्र याञ्चुतर्फ जाँदै गरेको लु१ज७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
जीपमा कतिजना यात्रु थिए भन्ने एकिन नभएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । स्थानीयका अनुसार भने जीपमा १० भन्दा बढी यात्रु सवार थिए ।
प्रहरी चौकी याञ्चुको टोली घटनास्थल पुगेको छ । उद्धारका तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालयको टोली पनि हेलिकोप्टरबाट घटनास्थल पठाइएको सिंहले बताए ।
थप विवरण आउन भने बाँकी छ ।