असार ३,
कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ मा रहेको सुरही नदिमा पौडी खेल्ने क्रममा तीन जना युवाहरुको डुबेर मृत्यु भएको छ ।
मंगलवार दिउसो करिव २ वजेको समयमा गर्मी छल्न पौडी खेल्ने क्रममा युवाहरु डुबेको प्रत्येक्षदर्शीहरुले वताएका छन् ।
विजयनगर गाउँपालिका वडा नं. ६ प्रेमनगर बस्ने आषिस भट्टराई, निराजन भुसाल, सुमित सुनारको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । सुरही नदीमा पुगेका चार जना युवाहरु मध्ये एक जना पौडी नखेलि बाहिर बसेका थिए ।
अन्य ३ जना पौडि खेल्दा नदीको गहिराईमा पुगी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।