काठमाडौ – असार ४,
ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ । हिजो काँग्रेससको अवरोधका कारण स्थगित भएको बैठक आजका लागि बोलाइएको छ । बैठकमा मन्त्रालयगत विनियोजित बजेटका विषयमा छलफल हुनेछ ।
प्रतिनिधिसभा हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला सम्बोधन गर्ने कि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा पहिले बोल्ने भन्ने विषयमा विवाद भएपछि संसद बैठक स्थगित नै भएको थियो थियो । आजको बैठक बिहान ११ बजे बोलाइएको छ ।
संसद बैठक सुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ बोल्न समय दिनुभएको थियो । तर काँग्रेस सांसदहरुले आफ्नो तर्फबाट भनाइ राख्न पाउनुपर्ने माग गर्दै संसद बैठक अबरुद्ध पारेको थियो । सामान्यतया प्रधानमन्त्रीले बोल्नका लागि समय माग गरेपछि प्रधानमन्त्रीलाइ नै मात्र बोल्न दिने यसअघिको संसदीय अभ्यास छ ।