कालीदास आत्रेय,
गुल्मी, असार ४ –
प्रदेश सरकार प्रदेश नम्बर ५ को आयोजनामा छत्रकोट गाउपालीका तथा दौघा स्वास्थ्य चौकी गुल्मीले ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरघरमा स्वास्थ्य सेवा प्रदान गर्ने कार्यको शुभारम्भ गरेको छ ।
दौघा स्वास्थ्य चौकीका सिनियर अहेव युवराज पाण्डे र अहेव ठाकुर ज्ञवालीले घरदैलो भेटघाट तथा स्वास्थ्य जाँच गरि आवश्यक औषधी तथा परामर्श दिन सुरु गर्नुभएको हो ।
यस बाट उक्त क्षेत्रका ८४ बर्ष माथिका जेष्ठ नागरिकहरु प्रत्यक्ष रुपमा लाभाम्वित हुने भएका छन ।