अनिल खत्री
६ असार, गुल्मी – योग दिवसको अबसरमा गुल्मीमा कार्यक्रम सम्पन्न भएका छन् ।
पाँचौं अन्तराष्ट्रिय योग दिवसको अबसरमा सदरमुकाम तम्घासमा योगअभ्यास र प्रभातफेरी आयोजना गरेको हो ।
तम्घासको गुरु गोरख गुल्ममा शुक्रवार बिहान ५ बजेदेखि योग अभ्यास गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मी, जिल्ला आयूर्वेद स्वस्थ्य केन्द्र गुल्मीको आयोजना र रेसुङ्गा नगरपालिका, पतंञ्जली योग समिति गुल्मीको समन्वयमा कार्यक्रम गरिएको हो ।
योग अभ्यास पछि तम्घास बजारका बिभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहित प्रभातफेरि गरिएको थियो । प्रभातफेरि पछि कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले दैनिक योग गरे शारीरिक र मानसिक रुपमा चुस्त रहन मद्धत पुग्ने बताए ।
उनले स्वस्थ्य रहन दैनिक योग अनिवार्य रहेको बताए । सरिरलाई नियमित स्वस्थ्य राख्न पनि सबैले योग गर्नु आबश्यक रहेको पौडेलले बताए ।
नियमित योगले मानिसलाई शारीरिक रुपमा स्वस्थ बनाउने भन्दै पछिल्लो समय यता यस प्रति धेरैको चासो रहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको छ । ‘