सुरेश थापा
खैरेनी,गुल्मी ।
बैदिक धर्म परिषद नेपालको आयोजनामा गाउँपालिका स्तरीय १ दिने प्रशिक्षण तथा कार्यसमिति गठन कार्यक्रम सत्यवती गाउँपालिका गुल्मीमा सम्पन्न भएको छ ।सत्यवती गाउँपालिकाको सभाहल खैरेनी गुल्मीमा ११ सदस्यीय समिति गठन गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

हिन्दु धर्म का विरुद्ध आक्रमण भैरहेको परिपेक्ष्यमा बैदिक धर्म रक्षार्थ सम्पूर्ण हिन्दुहरु एक जुट भएर लाग्नुपर्ने उल्लेख गर्दै गरिबलाई धन र अन्य प्रलोभनमा पारी जबरजस्ती धर्म परिवर्तन गराउने मानसिकतामा लागेका हरुलाई निरुत्साहित पार्न जातिय विभेदको अन्त्य र सम्पूर्णलाई एकैसाथ हिडाउने वातावरण सृजन गर्न लाग्नुपर्ने कुरामा कार्यक्रम जोड दिइएको छ ।
विशिष्ट अतिथिहरु केन्द्रिय बरिष्ठ उपाध्यक्ष रोमणी प्रसाद पाठक, सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, उपाध्यक्ष शुवर्ण शाहि शेर्चन, वडा नं. ५ का वडा अध्यक्ष ओम प्रकाश भण्डारी, वडा नं. ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारी लगायतले कार्यक्रममा आ आफ्नो भनाई राख्नुभएको थियो ।

हिंसक भोजन गनर्,े आफ्नो कर्म नगर्ने व्यक्तिहरु हिन्दु हुन नसक्ने र हिन्दु धर्म मान्ने हरुलाई जातिय विभेद गर्ने व्यक्तिहरु का कारण पनि हिन्दु धर्म पछाडि परेको कार्यक्रमका बक्ताहरुको भनाई रहेको थियो ।
भेलाले देवकिनन्दन सास्त्री भण्डारी लाई अध्यक्ष र उपाध्यक्षमा शिद्धिनाथ श्रेष्ठ , महिला उपाध्यक्ष दुर्गा भण्डारी, सचिव कृष्ण प्रसाद ज्ञवाली, कोषाध्यक्ष महेन्द्र कालिराज, सह सचिव शिव शाहि सदस्यमा शिवलाल ज्ञवाली, सूर्य बहादुर राना, नरहरी शर्मा खनाल टिकाराम ढकाल चिन्तामणी भण्डारी लाई चयन गरेको छ ।

पण्डित शिव प्रसाद भण्डारीको सभापतित्व , बैदिक धर्म परिषद नेपालका केन्द्रिय अध्यक्ष लोकनाथ खरालको प्रमुख आतिथ्यता , नेपाल प्रयटन पत्रकार महासंघ ५ नं. प्रदेश सदस्य हेम त्यागी , शिक्षकहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको आतिथ्यता रहेको कार्यक्रमको संचालन पार्वती भण्डारीले गर्नुभएको थियो ।