अर्घाखाँची, असार ७ –
अर्घाखाँचीमा गुडिरहेको मोटरसाइकलबाट खस्दा शनिबार एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अर्घाखाँची पाणिनी गाउँपालिका ३ निवासी ४२ वर्षीय सुशीला आचार्य रहेको प्रहरीले जनाएको छ। लु३६प ६९८० नम्बरको मोटरसाइकलबाट एक्कासि बाटोमा खसेर घाइते भएकी सुशीलाको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा निधन भएको हो।
मोटरसाइकल र चालकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको बताईएको छ।