मनोज कार्की,
असार ८ गुल्मी,
गुल्मीको रेसुङगा नगरपालिका वडा नम्बर ९ चारिकोला निबासी ३९ वार्षिय भिम बहादुर नेपाली दुबै मृगौला फेल भएपछि गौतम बुद्ध सामुदायिक अस्पतालको बिस्तारामा छट्पटाइ रहेका छ्न ।
नेपालीको उपचार गर्नको लागि २० लाख रुपैया लाग्ने अस्पतालले बताएको छ । घर परिबारले आर्थिक सहयोग लागि आहार बिहार गर्न थालेका हुन ।
उनको उपचारको लागि घरको आर्थिक अबस्था कमजोर भएकाले देश बिदेश बासी संग आर्थिक सहयोगको परिबारले अपिल गरेको छ ।
श्रीमानको उपचारको लागि ५ लाख साहु संग ऋण धन गरि खर्च गरि सकेको उनकी श्रीमति मिना नेपालीले बताएकी छन ।
नेपालीको घरमा सम्पत्तिको नाममा १ छोरा २ छोरी र श्रीमति बाहेक केही जग्गा जमिन छैन । सहयोग गर्न चाहाने सहयोगदाताले श्रीमती मिना नेपाली ९८४७३५८०५३ लाई फोन गर्ने सक्नुहुनेछ ।
हाम्रो सानो सहयोगले उनको जिवन बच्न सक्छ । तपाईं हामी मिलेर सहयोगको लागि हातेमालो गरौ ।