अर्घाखाँची
असार ८,
आर्थिक बर्षको अन्त्यतिर सबै स्थानिय तहहरुले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन ।
यसैक्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले ८४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । जसमा यस वर्ष खानेपानीलाइ प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताइएको छ ।
नीति तथा कार्यक्रममा दलित घर उज्यालो कार्यक्रम तथा बोयर बाख्राको हबको रुपमा गाँउपालिकालाइ विकास गर्ने कार्यक्रमलाइ पनि निरन्तरता दिइएको छ ।
यस्तै अघिल्लो वर्ष खरका छाना मुक्त पालिका बनाएको गाँउपालिकाले यस वर्ष एक घर एक धारा बनाउने गरी खानेपानीलाइ प्राथमिकतामा राखेको छ ।
बढ्दो बसाइ सराइलाइ नियन्त्रण गर्न पनि पालीकाले अभियान सञ्चालन गर्ने भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाँउमै एमबीबीएस डाक्टरको उपस्थितिमा गरिने निशुल्क स्वास्थ्य परीक्षणलाइ निरन्तरता दिइएको छ ।
यस्तै कृषि पशुपालन पनि प्राथमिकतामा परेका छन् जसमध्ये बँदेल र बाँदरको आतंकलाइ नियन्त्रण गर्न योजना अगाडि सारिएको छ
यस्तै नीति तथा कार्यक्रममा गाँउपालिकामा कागतीको पकेट क्षेत्र बनाउने पनि उल्लेख छ ।