पहिले पनि स्कुलले प्याड त दिन्थ्यो, तर म्यामहरूसँग माग्नुपर्थ्यो। हामीलाई अप्ठ्यारो लाग्थ्यो।
अब त्यो झमेला छैन। चाहिएको बेला प्याड निकाल्यो। प्रयोग गर्यो,’ छात्राले भनिन्।महिलाहरूको
स्वाभाविक शारीरिक प्रक्रिया महिनावारीलाई आज पनि हाम्रो समाजले छुवाछुतको रूपमा लिन्छ।
गाउँघरमा छाउगोठको चलन हराइसकेको छैन। सहरमा छाउगोठभित्रै थुन्ने चलन नहोला, तर घरको निश्चित
सीमामा बाँध्ने चलन यथावत् छ।
यस्तोमा सबभन्दा बढी प्रभावित हुने ६ / ७ कक्षाका नानीहरू हुन्, जो पहिलोचोटि महिनावारी भएका हुन्छन् वा म
हिनावारीको सुरूआती चरणमा हुन्छन्।
मानिलिउँ ६ कक्षा पढ्ने छात्रा कक्षाकोठामा बसिरहेका बेला महिनावारी भइन् भने उनले त्यो अवस्था कसरी सामना गर्लिन्
उनले आफ्नो शारीरिक परिवर्तन बुझेकी हुन्छिन् बुझेकी भए पनि एक्कासि भोग्नुपरेको अवस्थासँग जुध्न मानसिक रूपमा तयार
हुन्छिन् ।
त्यसका लागि चाहिने सरसफाइ सामग्री तुरून्तका तुरून्त कहाँबाट जुटाउलिन् उनि हाम्री छोरी,बहिनी,दिदि,साथी हुन ।
झट्ट सुन्दा यो सानो समस्या देखिन सक्छ। यस्तो त सबैलाई परेकै हो नि, के आकाश खस्यो र भन्ने लाग्न सक्छरु तर, यही सानो
समस्यामा हाम्रा बालिकाहरूको दीर्घकालीन शारीरिक र मानसिक विकासको मुद्दा जोडिएको छ।
गाउँको त कुरै छाडौं, बजारका धेरै स्कुलमा बालिकाहरूलाई महिनावारीमा साथ दिने पूर्वाधार छैन। न उनीहरूलाई मानसिक परामर्श दिइन्छ, न यो शारीरिक परिवर्तनसँग जोडिएको विज्ञान बुझाइन्छ, न त चाहिएका बेला प्याड दिइन्छ।
बाह्रदेखि १५ वर्ष उमेरका छात्रालाई ध्यानमा राखेर महिनाका ती चार पाँच दिन छात्राहरू आफ्नो समस्या अरूलाई भन्ने झन्झट वा सरमले विभिन्न बहानामा घरमै बसिदिन्छन। यसले पढाइ त छुट्छ नै, नियमित स्कुल आउने बानी पनि बिग्रन्छ।
उनीहरूको स्यानिटरी प्याड प्रयोग गर्ने क्षमता हुँदैन। पुराना कपडा प्रयोग गर्छन्। त्यही भएर त्यस्ता छात्रा महिनावारी भइञ्जेल स्कुलबाट गयल भइदिन्छन्। प्याड उपलब्ध गराउन थालेपछि यो समस्या टर्छ ।