घनश्याम पौडेल –
असार ९,
अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर १ पणेनामा सञ्चालन भएको सिलाई कटाई तालिमको अनुगमन भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगर्त ३ महिने सिलाई कटाई सीप विकास तालिमको अनुगमन गर्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालले निशुल्क तालिम हो, भनेर वेवास्ता नगर्न आग्रह गरे ।
घरेलु तथा साना उद्योग विकास समिति अर्घाखाँचीको आर्थिक सहयोग र सशक्तीकरण विकास नेपाल पाल्पाको आयोजकमा सञ्चालन भएको तालिमबाट सिकेको सीप निरन्तरता दिन आग्रह गरे ।
उपप्रमुख ऋषि पुलामिले तालिमले आर्थिक अवस्था कमजोर भएका महिलाहरूको जीवन निर्वाहका लागि सहज हुने बताए ।
घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ उद्योग अधिकृत इन्दिरा भुसालले सिकेको सिपलाई दैनिक व्यवहारमा प्रयोग गर्न आग्रह गरिन् । तालिम तालिमका लागि नभई सिकेको सिपले दैनिक घरव्यवहार सञ्चालन गर्ने गरि आगामि दिनमा सफल व्यवसायी बन्न आग्रह गरिन ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख रामबहादुर केसि, कृषि बैंकका शाखा प्रबन्धक चिरञ्जीवी बस्याल, निमित्त जिल्ला समन्वय अधिकारी शेषकान्त घिमिरे ओशन, पत्रकार घनश्याम पौडेल, प्रगतिशील लघु उद्यमीका अध्यक्ष तारा पोख्रेल लगाएतले मन्तव्य राखे ।
कार्यक्रम पाणिनि९१ का वडा अध्यक्ष शालिकराम भट्टराईको अध्यक्षता, सशक्तीकरण विकास नेपालका सचिव सागर पोख्रेलको स्वागत र कार्यक्रम संयोजक सुमित्रा कुम्भकारको सञ्चालनमा सम्पन्न भएको हो ।