काठमाण्डौ,
असार ९ –
२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द भएका छन । नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका हुन ।
इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् ।
प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार विदेशी च्यानल क्लिन फिड हुनुपर्ने प्रावधान अनुसारको व्यवस्था लागू गर्न लागिएको छ।
यी संगठनले विज्ञापन ऐन आउँदा हुने अवस्था ग्राहकलाई बुझाउन विदेशी च्यानल बन्द गरिएको जनाएका छन्।
राष्ट्रिय सभामा दर्ता विज्ञापन विधेयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टिभी व्यवसायी आन्दोलित छन् ।
केवल टिभी व्यवसायीले क्लिन फिडको विरोधमा असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका थिए। नेपालमा प्रसारितमध्ये ८५ प्रतिशत च्यानल विदेशी हुन् ।
महासंघका अनुसार सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्म च्यानलहरु बन्द हुनेछन् । विज्ञापनरहित च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ ।
यो पनि पढ्नुहोस
२४ घण्टाका लागि नेपालमा विदेशी च्यानल बन्द भएका छन । नेपालभित्र प्रसारण हुने तर विदेशी विज्ञापन प्रसारण हुने टेलिभिजन च्यानल बन्द भएका हुन ।
इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो । बन्द गरिएको च्यानलमा अधिकांश भारतीय मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् ।
प्रस्तावित विज्ञापन ऐन २०७६ अनुसार विदेशी च्यानल क्लिन फिड हुनुपर्ने प्रावधान अनुसारको व्यवस्था लागू गर्न लागिएको छ।
यी संगठनले विज्ञापन ऐन आउँदा हुने अवस्था ग्राहकलाई बुझाउन विदेशी च्यानल बन्द गरिएको जनाएका छन्।
राष्ट्रिय सभामा दर्ता विज्ञापन विधेयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टिभी व्यवसायी आन्दोलित छन् ।
महासंघका अनुसार सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्म च्यानलहरु बन्द हुनेछन् ।