अनिल खत्री
१० असार, गुल्मी
गुल्मीमा घाँस काटने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नं २ अर्बेनीमा ३४ बर्षिय सरस्वती न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताउनुभयो ।
न्यौपानेकोे आफ्नै खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो करिब ५ बजेतिर आफनै खरबारीमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक खडकाले जानकारी दिनुभयो ।
शबको रुरु स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
यस्तै सवारी दुर्घटनामा परी चितवनमा एकजनाको ज्यान गएको छ। सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका २ इलाका प्रहरी कार्यालय अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार एक जनाको ज्यान गएको हो ।
नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नम्बर ४ का पूर्वसभापति तिलचन्द्र अधिकारीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ७७१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना २७ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका ३९ वर्षीय अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन्। उनको खोजि भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सुनकोशी नदी किनारमा कार खस्दा एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा गएराति सुनकोशी नदी किनारमा कार खस्दा एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं, नयाँबानेश्वरकी ४५ वर्षीया हेमा लामिछाने र ६० वर्षीय अच्युत लामिछाने छन् ।
घाइते भएका कार चालक ५८ वर्षीय दिपक लामिछाने र २६ वर्षीया आस्था लामिछानेको स्थानीय अस्पताल रातामाटामा उपचार भइरहेको छ ।