राधा पोख्रेल ,
गुल्मी, असार ११ –
गुल्मीको रुरु गाउपालीकाले आर्थिक वर्ष २०७६ – ७७ को बजेट गाउसभामा पेश गरेको छ ।
गाउपालीका उपाध्यक्ष लक्ष्मी पन्तले ३७ करोड १६ लाख १८ हजार बराबरको अनुमानीत बजेट मगंलबारको गाउसभामा पेश गर्नुभएको हो ।
गाउपालीकाले पुर्वाधार बिकासको लागि ३० लाख बजेट बिनियोजन गरेको छ ।
यस्तै सामाजीक बिकास तर्फ ३० लाख , कृषि तथा पशु विकास कार्यक्रम, पर्यटन विकास तथा सहकारीको लागि ११ लाख बजेट बिनियोजन गरेको छ ।
विपद् व्यवस्थापन कोष, विपद् न्यूनीकरणको लागि अत्यावश्यक सामाग्री खरिद, चेतनामुलक कार्यक्रम संचालन को लागि, वाढी पहिरो नियन्त्रण , नदी नियन्त्रण तटवन्ध, औषधी खरिद (विपद्, महामारीको लागि), इन्धन खरिद (विपद्को लागि) गरि ४३ लाख बजेट बिनियोजन गरेको छ ।
यस्तै संस्थागत विकास क्षमता अभिवृद्धि र सुशासनको लागि १८ लाख बजेट बिनियोजन गरेको छ ।
डिजीटल नागरिक वडापत्र तथा डिजीटल नोटिस वोर्ड जडान, फर्निचर तथा फिक्चर्स, मेसीनरी औजार तथा उपकरण, प्राविधिक औजार उपकरण तर्फ ५२ लाख बजेट बिनियोजन गरेको छ ।
यस्तै गुल्मीको छत्रकोट गाउपालीकाले ३६ करोड ७२ लाख २५ हजार ५ सय ९७ रुपैया ५० पैसा बराबरको अनुमानीत बजेट गाउसभामा पेश गरेको छ ।
गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारीले ३६ करोड ७२ लाख २५ हजार ५ सय ९७ रुपैया ५० पैसा बराबरको अनुमानीत बजेट गाउसभामा पेश गर्नुभएको हो ।
गाउपालीकाले आर्थिक बिकास तर्फ ३ करोड २५ लाख ७० हजार बजेट बिनियोजन गरेको छ ।
कृषिलाई प्राथमिकतामा राखी न्युनतम चार सय व्यवसायिक कृषकहरुमाझ कार्यक्रम पुर्याउन ,उत्कृष्ट कृषकलाई पेन्सन दिनुका साथै कृषि औजार र प्रविधिका लागि कृषि र पशुपालन क्षेत्रमा ७३ लाख बजेट बिनियोजन गरेको छ ।
पर्यटनमा १० लाख तथा सहकारीको लागी ५ लाख बजेट बिनियोजन गरेको छ । यस्तै समग्र पुर्वाधार क्षेत्रको बिकास को लागि ५ करोड ९६ लाख ९० हजार बजेट बिनियोजन गरेको छ ।
यस्तै सामाजिक बिकासको लागि ३ करोड १६ लाख ९० हजार बजेट बिनियोजन गरेको छ ।