१२ असार,
अर्घाखाँची –
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
सन्धिखर्क १० पोखेडाँडामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
अर्घा नौलापानी बाट सन्धिखर्क जादै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याप जिप सन्धिखर्क नगरपालिका १० पोखेडाडाँ खहरेखोलामा दुर्घटना हुदाँ एक जनाको ज्यान गएको प्रहीले बताएको छ ।
सन्धिखर्क ९ नौलापानी निवासी बोम बहादुर चुँदालीको ज्यान गएको हो । ३ जना सवार रहेको डबल क्यापमा अन्य २ जना घाइते भएका छन । ओरालो बाटो भएका कारण गाडी चिप्लीएर दुर्घटना भएको चालकको भनाई रहेको छ ।
जिप चालक झविन्द्र खत्री र अनिल जिसी घाईते भएका छन जसमध्ये जिप चालक झविन्द्रको अवस्था गम्भिर छ ।
घाइते दुवैजनालाई उपचारका लागी जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ । जिप बाटोबाट करिब २ सय मिटर तल झरेको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएकाजनाएको छ ।
यसैबिच माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो ।
लेदोमा केही सवारीसाधन समेत फँसेका छन् । गए राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो । राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको लेदो राजमार्गसम्म आएपछि राजमार्ग आज विहान २ बजेदेखि अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमर्गमा डोजर लगाएका छन् ।