असार १२
देशभर मनसुन सक्रिय भएको छ । गत वर्ष भन्दा करिब १ साता ढिला भित्रिएको मनसुन सक्रिय भएको हो ।
मनुसुन भित्रिएसँगै गर्मी केही कम हुने मौसमपुर्वानुमान महाशाखाले जनाएको छ । आज देशका अधिकांश स्थानमा वर्षा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा आज विहानै देखि झरी परिरहेको छ ।
केही स्थानमा भने पानी पर्न रोकिएको छ ।
मौसमविद् पोखरेलका अनुसार मध्य र पूर्वका केही स्थानमा दिउँसोसम्म नै पानी पर्ने र रोकिने क्रम भैरहन्छ । पश्चिमको मौसम भने दिउँसोपछि खुल्ने उहाँको अनुमान छ ।
पश्चिममा पोखरा आसपासको क्षेत्रमा पानी पर्ने सम्भावना पनि रहेको छ । तर देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो ।
पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षा हुने र वदलीको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
आज देशका विभिन्न भुभागमा वर्षा हुने पूर्वानुमान गरिएको छ । देशको मध्य र पुर्वी भूभागमा सामान्य बदली हुने तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली हुने मौसमविद् बरुण पोडेलले जानकारी दिनुभयो । पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशभर मनसुन सक्रिय भएको छ । गत वर्ष भन्दा करिब १ साता ढिला भित्रिएको मनसुन सक्रिय भएको हो ।
मनुसुन भित्रिएसँगै गर्मी केही कम हुने मौसमपुर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशका अधिकांश स्थानमा वर्षा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा आज विहानै देखि झरी परिरहेको छ ।
आज देशका विभिन्न भुभागमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।
केही स्थानमा भने पानी पर्न रोकिएको छ ।