असार १२,
काठमाडौं
भर्खरै सार्वजनिक भएको एसइई परीक्षाको नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टीकी सांसद तथा प्रतिनिधि सभाकी प्रमुख सचेतक शान्ता चौधरीले ग्रेड बी ल्याउनुभएको छ
।
सांसद चौधरीले आफ्नो मेहनेत अनुसार सफल भएको बताउनुभएको छ। चौधरीले दाङको तुलसीपुर उपमहानगरपालिका स्थित तुलसीपुर माध्यमिक विद्यालय केन्द्रबाट परीक्षा दिनुभएको थियो।
यस्तै यो वर्षको एसइई परिक्षामा सहभागी अभिनेत्री करिश्मा मानन्धर तीन जीपीए नम्बर सहित उत्तीर्ण हुनुभएको छ। नेपाली चलचित्रमा लामो सयम खेलेपछि करिश्मा आठ कक्षामा भर्ना हुनुभएको थियो ।
करिब तीन दशक भन्दा लामो समय नेपाली सिने क्षेत्रमा बिताएकी मानन्धरले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिनुभएको थियो।
गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार जीपीए ३. ६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या १७५८० रहेको छ ।
त्यस्तै जीपीए ३.२० देखि जीपीए ३.६० ल्याउने परीक्षार्थीको संख्या ५११३७ रहेको छ । त्यस्तै जीपीए २.८० देखि जीपीए ३.२० ल्याउने परीक्षार्थीको संख्या ६३७४१ रहेको छ । जीपीए २.४० देखि २.८० ल्याउने परीक्षार्थी ७६५६४ रहेका छन् । त्यस्तै २.०देखि २.४० ल्याउने परीक्षार्थी ९८२०७ रहेका छन् ।
त्यस्तै जीपीए १.६० देखि २.० जीपीए ल्याउने परीक्षार्थी ९५३०७ रहेका छन् । त्यस्तै जीपीए १.२० देखि १.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ४३८४१ रहेको छ ।
कति प्रतिशत ल्याउँदा हुन्छ जीपीए ?
९० वा सो भन्दा माथि ए प्लस जीपीए ४
८० देखि ९० को बीचमा ए जीपीए ३.६
७० देखि ८० को बीचमा बी प्लस जीपीए ३.२
६० देखि ७० को बीचमा बी जीपीए २.८
५० देखि ६० को बीचमा सी प्लस जीपीए २.४
४० देखि ५० को बीचमा सी जीपीए २
३० देखि ४० को बीचमा डी प्लस जीपीए १. ६
२० देखि ३० को बीचमा डी जीपीए १.२
२० भन्दा कम अंक ल्याउने ई जीपीए ०.८