युगराज बस्याल,
गुल्मी, असार १३
श्रृङगा प्राथमिक स्वास्थ्य केन्द्र छत्रकोट गाउपालीका ४ श्रृङगा गुल्मीको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य संस्थाको सेवा , सुबिधा र गुणस्तरको सम्बन्धमा गाउपालीकाको सहयोगमा सामाजिक जागरण तथा बिकास अभियानले सामाजिक परिक्षण गरेको हो ।
स्थानिय सेवाग्राहि, सरोकारवालाहरुको बिचमा सामाजिक परिक्षण गरिएको हो ।
कार्यक्रमका अध्यक्ष स्वास्थ्य केन्द्रका अध्यक्ष तथा वडा नम्बर ४ का वडाध्यक्ष डिलाराम न्याउपाने गर्नुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पुण्य प्रसाद पौड्याल, डाक्टर सागर पौडेल लगायतको सहभागिता रहेको थियो । सेवाग्राहि र सरोकारवालाहरुले सेवा बिस्तार , सुविधा थप्ने बिषयमा प्रसंग उठाएका थिए ।
स्वास्थ्य केन्द्रको आर्थिक गतिबिधिमा पारदर्शिता ,सेवाको प्रभावकारीता राम्रो रहेको कार्यक्रमका बक्ताहरुले बताएका थिए ।
प्राथमिक स्वास्थ्य केन्द १५ शैयाको अस्पतालमा स्तरोन्नती भएको र आवश्यक जग्गा खरिद लगायतका कार्यहरु सम्पन्न भएको डिलाराम न्याउपानेले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य केन्द्रका उपाध्यक्ष होमनाथ कंडेलले स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण बसन्त भलामी र बसन्त खत्रीले गर्नुभएको थियो ।