गुल्मी
असार १४ –
सरस्वति माध्यमिक बिद्यालय छत्रकोट ३ भेडुवा गुल्मीमा शुुक्रबारे कार्यक्रम सम्पन्न भएको छ ।
जसअन्तर्गत अन्तर सदनात्मक कक्षा ४ – ५को छात्र छात्रा कुर्चि दौड प्रतियोगिता गरिएको थियो ।
बिद्यालयका प्रधानाध्यापक भुवन टण्डनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगीतामा छात्र तर्फ कक्षा ५ का ब्लु सदनका बिबेक घर्ति प्रथम, कक्षा ५ का येल्लो सदनका शुशील नेपाली द्धितिय र कक्षा ५ का येल्लो सदनकै शुभम नेपाली तृतिय भएका छन ।
यस्तै छात्रा तर्फ कक्षा ४ की रेड सदनकी रिता नेपाली प्रथम, कक्षा ५ की रेड सदनकी मुना बिक द्धितिय र कक्षा ५ की ग्रीन सदनकी यानु रजाली तृतिय भएका छन ।
बिजेताहरुलाई प्रधानाध्यापक भुवन टण्डनले पुरस्कार बितरण गर्नुभएको थियो ।
कार्यक्रम रामचन्द्र बिकको सन्चालनमा सम्पन्न भएको शिक्षक साबित्रा सारुले जानकारी दिनुभएको छ ।