कमल पौडेल
१४ असार , बागलुङ
मध्यपहाडि लोकमार्ग अन्तरगत बागलुङ – वुर्तिवाङ सडकखण्डमा पर्ने बडिगाड गाउँपालिका वडा नं. २ राक्सेमा माथिवाट आएको पहिरो तथा छेउमा पर्खाल भत्किँदा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।
गएराति परेको मुसलधारे पानी र त्यसबाट अवरुद्ध सडक बडिगाड गाउँपालिकाको प्रयासमा सुचारु भएको हो। राक्से क्षेत्रका विभिन्न स्थानमा खसेको पहिरो पन्छ्याएपछि ८ घण्टा अवरुद्ध सडक खुलेको हो। पहिरोले स्थानिय अम्मर बहादुर वि.क.को घर भत्काएको छ।
वातावरणीय प्रभाव मुल्यांकन विनै खनिएका ग्रामिण सडक भेलले बगाउँदा मध्यपहाडि लोकमार्ग नै अवरुद्ध भएको हो। अवरुद्ध सडक खुलाउन डोजर सहित पुगेका बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा सहितको टोलीलाई केहिवेर स्थानियले अवरोध गरेका थिए।
साना खोल्साहरुमा मध्यपहाडि लोकमार्ग निर्माण गर्दा हुन सक्ने जोखिमलाई ख्याल नगरी ह्यामपाइप राखिएको र विपत्ति आएको स्थानियले आरोप लगाएका छन्।
उनिहरुले सो स्थानमा पक्कि पुल वनाउनुपर्ने माग राखेका छन्। त्यस्तै सोहि भेल सहितको पहिरोले स्थानियले उपयोग गर्दै आएको खानेपानी तथा सिँचाइ नहर बगाएको छ। नहर बगाउँदा झण्डै ५ सय मुरी धान फल्ने खेतमा समस्या भएको छ। धान रोप्ने दिन नजिकिएको बेला नहर वगाएपछि समस्यामा परेको स्थानिय प्रेमलाल अर्यालले बताउनु भएको छ।
खानेपानीको ट्यांकी बगाएपछि राख्से, वडहरे लगाएतका क्षेत्रमा खानेपानी समस्या भएको छ। त्यस्तै क्षेत्रे, खर्वाङ, रिघाफेँदी लगाएतका स्थानमा माथिवाट आएको पहिरोले सडकमा क्षती पुर्याएको छ।
सडक खुले संगै रातिबाट थुनिएका काठमाडौंबाट आएका रात्रि वस लगाएत दर्जनौ सवारी साधन गन्तव्यमा लागेका छन्।
मध्यपहाडि लोकमार्ग अन्तरगत बागलुङ – वुर्तिवाङ सडकखण्डमा पर्ने बडिगाड गाउँपालिका वडा नं. २ राक्सेमा माथिवाट आएको पहिरो तथा छेउमा पर्खाल भत्किँदा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।
गएराति परेको मुसलधारे पानी र त्यसबाट अवरुद्ध सडक बडिगाड गाउँपालिकाको प्रयासमा सुचारु भएको हो। राक्से क्षेत्रका विभिन्न स्थानमा खसेको पहिरो पन्छ्याएपछि ८ घण्टा अवरुद्ध सडक खुलेको हो।