बसन्त श्रेष्ठ ‘छापेली’
१४ असार ,
सामुदायिक बिद्यालय तर्फ एसइइमा ज्ञान प्रकाश माबि डिभर्ना सल्लिकोट जिल्ला प्रथम भएको छ । २०७५ मा लिइएको एस.इ.इ परीक्षा मा जिल्लाका सामुदायिक बिद्यालय तर्फबाट जिल्ला प्रथम हुन सफल भएको हो ।
सो बिद्यालयका बिकाश बस्यालले ३.८५ जिपिए ल्याई जिल्ला प्रथम भएका छन । बस्यालसँगै अन्य पाँच जनाले “ए“ प्लस ग्रेड ल्याउन सफल भएको बिद्यालय प्रधानध्यापक सुर्यबहादुर खनालले जानकारी दिनुभयो । जसमा स्मृती खनाल, सन्ध्या श्रेष्ठ र अशोक श्रेष्ठले ३.७० र तारा कुवरले ३.६५ जिपिए ल्याउन सफल भएका हुन् । त्यस्तै ३ जनाले “ए“ ग्रेडमा पास प्राचार्य खनालको भनाई छ ।
बिद्यार्थीहरुको उत्कृष्ट नतिजाले बिद्यालयको गरिमा अझ बढेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशिराम बस्यालले बताउनुभयो । उहाँले बिद्यालको उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने बिद्यार्थी, बिद्यार्थी अभिभावक, शिक्षक अभिभावक संघ, शिक्षक स्टाफ, बिद्यालय व्यवस्थापन समिति लगायत सबैलाई धन्यबाद समेत ज्ञापन गर्नुभएको छ ।