काठमाडौ
असार १९
गुण्डा नाइके भनेर चिनिने दिपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रवेश गरेका छन् ।
राजीवसँगै विप्लव समूहका कास्की सचिवालय सस्दय तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।
मनाङ्गे गण्डकी प्रदेशका सांसद हुन् । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए।
बिहिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
मनाङ्गेलाई टीका लगाइदिएर र नेकपाको विधान पनि हस्तान्तरण गरेर गुरुङले पार्टीमा स्वागत गरे ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।
उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।