शिवलाल सुवेदी
गुल्मी ,असार १९
अर्घाखाची जिल्लाको सुपा देउराली नजिकै जिप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । मृतक मध्ये २ जनाको सनाखत भएको छ ।
गोरूसिंगे सन्धिखर्क सड्क अन्तर्गत अर्घाखाचीको जिल्लाको सन्धिखर्क नगरपालिका ७ सुपादेउराली मन्दिर नजिकै लु १ ज १३२९ नम्बरको जिप दुर्घटना हुदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै एक जनाको उपचारका क्रममा ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए । मृत्यु हुनेमा भुमिकास्थान ३ का सुमन्त भुसाल र मालारानी ३ का रुद्र प्रसाद भुसाल रहेका छन । भने अर्का एक जनाको परिचय खुलेको छैन ।
गम्भिर घाईते ३ महिला र १ पुरुष लाई उपचारका लागि वुटवल पठाइएको छ । मृत्यु हुनेमा तिनै जना पुरूष रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुने भुमिकास्थान ३ का सुमन्त भुसाल गाडी धनी र चालक भएको बुझिएको छ । जिप सड्कबाट ३ सय ५० मिटरभन्दा तल खोलामा खसेको छ । उक्कालो र अप्ठारो सडक भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।