असार २०
काठमाण्डौ –
अहिले देशभरको मौसम सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बेलुकीपख देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।
देशको केहि स्थानमा भने सामान्य वर्षा हुने मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्र र मध्ये पहाडि क्षेत्रका केहि स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । मनसुन सक्रिय नभएकाले गर्मि भने बढ्न सक्ने सम्भावना रहेको उहाँको भनाई छ ।
शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ ।
अन्य ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय अवस्थामा नभएकाले पानी परेपनि एकैछिन परेर रोकिने मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।
नेपालमा समान्यतया मनसुन भित्रिने समयभन्दा १० दिन ढिलो गरी गएको असार ५ गते मनसुन भित्रिएको थियो ।
मनसुन भित्रिए पनि सक्रिय नहुँदा ठूलो पानी पर्न सकेको छैन । मनसुनी वर्षा हुनुपर्ने समयमा वर्षा हुन नसक्दा दिनप्रतिदिन गर्मी बढ्दै गएको छ ।
बिहिबार मौसम पूर्वानुमान सार्वजनिक गर्दै असार १९ देखि २१ गतेसम्म तीन दिन ठूलो वर्षाको जोखिम नहरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको मध्यप्रदेशमा बनेको बलियो न्यूनचापीय क्षेत्रका कारण नेपालमा
पर्याप्त पानी पर्न नसकेको मौसमविद्ले बताएका छन् ।
बंगालको खाडी र अरब सागरबाट आएको पानी पार्ने जलवाष्पयुक्त हावा पनि त्यही न्यूनचापीय क्षेत्रतर्फ गएकाले नेपालमा पानी पर्न नसकेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
यो न्यूनचापीय रेखा पानीमा बनेको भए चक्रवातको जोखिम हुने तर जमिनमा बनेको भएर ठूलो असर नदेखिएको उहाँको भनाइ छ ।
स्थानीय वायुको प्रभावले थोरै ठाउँमा पानी परे पनि स्थानीय वायुलाई सहयोग गर्न अरु जलवाष्पयुक्त हावा नेपाल आउन नसक्दा पानी पर्न नसकेको उहाँले बताउनुभयो ।
बादल लागेपनि थोरै ठाउँमा मात्र एकैछिन पानी परेर रोकिने संभावना छ ।