अनिल खत्री
२० असार, गुल्मी –
गुल्मीमा एउटै प्रकृतिका घटनामा ४ दिनमा ३ जना मृत फेला परेका छन् ।
शुक्रवार गुल्मीमा एक पुरुष मृत फेला परेका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौर निवासी ४२ वर्षिय काशीराम पाण्डेय तम्घास नजिकै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।
पाँच दिन देखि बेपत्ता भएका पाण्डेयको सव शुक्रवार रेसुङ्गा नगरपालिकाको वडा नम्बर ८ खानिगाउँ स्थित जंगलमा ज्याकेटले मुख छोपेर सुतिरहेको अबस्थामा फेला परेको हो ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्दै आएका पाण्डे काम गर्न भनि निस्कीएका थिए ।
उनि गत असार १६ गते देखि परिवारबाट सम्पर्क बिहिन भएका थिए । उनलाई खोजि गर्न भन्दै आफन्तले प्रहरीकहाँ निबेदन दिएका थिए ।
सवलाई पोष्ट मार्टम गर्न गुल्मी अस्पताल ल्याइदै छ ।
मृतक पाण्डेको मृत्यु बारे कुनै कारण खुलेको छैन् । घटना बारे थप अनुसन्धान भइरहेको (डिएसपी) घलेले बताए ।
जिल्लामा ४ दिनमा तिन जनाको मृत्यु भएको छ । तिन मध्ये असार १७ गते जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ ठाढुङ्गा निवासी ३५ ऐते सुनारको भिरबाट लडेर मृत्यु भएको थियो ।
सुनार असार १५ गते परिवारबाट सम्पर्क बिहिन थिए ।
त्यस्तै जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ वडागाउँमा निवासी ५० वर्षिय रामबहादुर बिकको दाउरा काटने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो यसरी गुल्मीमा ४ दिनमा लगातार ३ जनाको मृत्यु भएको छ ।
यस्तै ‘ग्याङ फाइट’मा संलग्न ४ जना पक्राउ परेका छन् । चाबहिलको पशुपति मावि छेउ भएको ग्याङ फाइट’मा संलग्न अशिम लामा, सरोज श्रेष्ठ, निश्चल आले मगर र सरोज राई पक्राउ परेका हुन ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शुक्रबार दिउँसो उनीहरुलाई पक्राउ गरेर प्रहरी वृत्त, गौशालामा राखिएको छ ।