अनिल खत्री
२२ असार, गुल्मी
सरकारले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनको लागि बिभिन्न सहयोग, अनुदान दिन सुरु गरेपछि कृषि क्षेत्रमा आकर्षण बढेको छ ।
व्यवसायिक रुपमै कृषि क्षेत्रमा प्रबेश गर्नेहरुको संख्या बृद्धि हुँदै गएको छ ।
बिभिन्न कृषि जन्य बस्तुहरु उत्पादनमा युवाहरु सक्रिय छन् ।
कृषि क्षेत्रको सम्भावना राम्रो बन्दै गए पश्चात युवाहरुसँगै समाजका केहि अगुवा व्यक्तिहरु पनि यसक्षेत्रमा उत्साहपूर्वक लागि परेका छन् ।
राजनितिसँगै जिल्लाको सदरमुकाम तम्घासमा एक व्यक्तिले नर्सरीबाट बिरुवा उत्पादन गर्न सुरुवात गरेका गरेका छन् ।
नेकपा गुल्मीका जिल्ला सचिव बिरबहादुर कार्की राजनितिसँगै कृषि पेसालाई अगाडी बढाउन बिरुवाको नर्सरी स्थापना गर्नु भएको छ ।
समाजका अगुवा ब्यक्तिहरुबाटै केहि सिकुन भन्ने उदेश्यले र यसैबाट परिवार खर्च पनि चलाउन सकिने भन्दै कृषि पेसा अंगालेको कार्कीले बताउनु भयो ।
उहाँले रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को पुतलीबजारमा बिभिन्न बिरुवाहरुको नर्सरी स्थापना गर्नु भएको छ ।
२०७४ सालमा घाँसका बिरुवा उत्पादन गरेर कृषि पेसा अंगालेका कार्कीले कृषि क्षेत्रलाई व्यवसायिक रुपमै अगाडी बढाउने उदेश्यले बिभिन्न बिरुवाहरुको नर्सरी स्थापना गरेको बताउनु भयो ।
नर्सरीमा हाल कागती, सुन्तला, अनार, मौसम, टिम्मुर, किबी, चियापत्ती, कफी लगायत एक दर्जन भन्दा वढि फलफुल, घाँसका जातका बिरुहरुको नर्सरी स्थापना गरेको कार्कीले बताउनु भयो ।
हाल कार्कीको नर्सरीमा बिक्री गर्न मिल्ने खालका ४० हजार बिरुवा तयार भएका छन् । कृषि क्षेत्रमा व्यवसायिक रुपमा लागे पनि नर्सरीमा उत्पादन भएका बिरुवाहरु बिक्री गर्न समस्या रहेको कार्कीले बताउनु भयो ।
जिल्लामा बिभिन्न स्थानिय तहले जिल्ला भन्दा बाहिरबाट बिरुवा ल्याएकाले बिक्री गर्न समस्या रहेको बताउनु भयो । नर्सरीलाई धेरै संख्यामा उत्पादन गर्ने सोच रहेपनि बजारको समस्याका कारण अन्योलमा परेको बताउनु भयो ।
कृषि क्षेत्रलाई व्यवस्थित गर्न भन्दै जिल्लामा सुन्तला जोड कार्यक्रम लागु पनि भएको छ ।
कृषकलाई व्यवसायिक रुपमा उत्पादन प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिक करण अन्र्तगत सुन्तला जोन कार्यक्रम धुर्कोट मदाने कालिगण्डी रेसुङ्गा, चन्द्रकोट, मुसिकोट, गुल्मीदरवार, छत्रकोट लगायतका स्थानिय तहको क्षेत्रमा पकेट क्षेत्र घोषणा भएको छ ।