काठमाडौं
असार २३
काठमाडौंको बालाजुमा मोटसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
बालाजुस्थित गंगा हल अगाडि गएराति मोटसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार व्यक्ति भने गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार मनमैजु बस्ने धादिङ निलकण्ठका २१ वर्षीय भुवन आलेको सो दुर्घटनामा मृत्यु भएको हो ।
गएराति पौने १ बजे बा९३प ७१७३ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो ।
गम्भिर घाइते भएका आले र पछाडी सवार २० वर्षीय मिलन मगरलाई उपचारको लागि स्वयम्भुस्थित मनमोहन अस्पताल पुर्याइएकोमा आलेको उपचारकै क्रममा मृत्यु भएको हो ।
घाइते मगरलाई थप उपचारको लागि राति नै महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएकोमा आईसीयु नभएका कारण पुनः न्युरो अस्पताल बाँसबारी रिफर गरिएको छ ।
यस्तै अछाममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका–६ वीरपथको डुप्के कुणेला भन्ने ठाउमा आइतबार साँझ स्थानीय नरजित जनालाका १८ वर्षीय छोरा विकाश जनालाको करेन्ट लागेर ज्यान गएको हो ।
करेन्ट लागेर एउटा गोरु पनि मरेको छ ।