काठमाडौ
असार २४
देशभर २३ प्रतिशत मात्रै रोपाइँ भएको छ । असार अन्तिम सातासम्म जम्मा २३ प्रतिशत मात्रै रोपाइँ भएको हो ।
बालिविकास तथा जैविक संरक्षण केन्द्रका अनुसार अघिल्लो वर्षको तुलनामा रोपाइँको अवस्था २९।१९ प्रतिशतले घटेको हो ।
केन्द्रलाई प्राप्त विवरणअनुसार अघिल्लो वर्ष असार २२ गतेसम्म देशभर ५२।९५ प्रतिशत ९७ लाख २६ हजार २९७ हेक्टर रोपाइँ भएको थियो ।
नेपालमा कुल धान रोपाइँ हुने १३ लाख ७१ हजार ७०६ हेक्टर जमीनमध्ये हाल तीन लाख २५ हजार ९ सय १ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
उच्च पहाडी भूभागमा धान रोपाइँ हुने ४८ हजार १९३ हेक्टरमध्ये १६ जार ६९३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ ।
मध्य पहाडमा कुल धान रोपाइँ हुने ३ लाख ४६ हजार ९९ हेक्टर मध्ये एक लाख ७ हजार ८०१ हेक्टर जमीनमा मात्रै रोपाइँ भएको छ ।
यस्तै तराईका ९ लाख ७७ हजार ४१४ हेक्टर जमीनमध्ये ३ लाख २५ हजार ९०१ हेक्टर जमीनमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।
प्रदेशगत रुपमा यस वर्ष कर्णाली प्रदेशमा सबैभन्दा धेरै ५१।४२ र दुई नम्बर प्रदेशमा सबैभन्दा कम १०।२५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको बालिबिकास तथा जैविकी संरक्षण केन्द्रले जनाएको छ ।
यस वर्ष सक्रिय मनसुन ढिला सुरु हँुदा यसको प्रभाव रोपाइँमा देखिएको केन्द्रले जनाएको छ ।